मानिसको जीवन क्रियाशील भएर नै बित्दछ | कुनै मानिस नितान्त व्यक्तिगत उपलब्धिका लागि क्रियाशील भइरहनछ्न् भने कुनै सामाजिक उत्तरदायित्व निर्वाहक लागि क्रियाशील हुन्छ | मानिसको जीवनमा स्वार्थ रहन्छ नै तर कतिपय मानिस व्यक्तिगत स्वार्थमा रमाएका हुन्छन भने कतिपय मानिसलाई मानवसेवामा समर्पित हुन चाहने स्वार्थ हुन्छ । जब व्यक्तिगत जीवनयात्रा सम्पूर्ण होइन बरु सामुहिक जीवन बिताउनका लागि मानवसेवाको मार्गमा लगाउनुपर्दछ भन्ने कुरा बुुझें तब सहयोगको हात बढाउँन थाले | सहयोग र परोपकारमा रमाउने मेरो व्यक्तिगत अभिरुचि कै कारण खेमओमी कल्याणकारी प्रतिष्ठानले मुर्त स्वरूप प्राप्त गरेको हो |
२०७० साल मंसिर १७ गते मेरै जन्मदिनको अवसरमा सहयोगी हात फैलाउने अभिप्रायका साथ खेमओमी कल्याणकारी प्रतिष्ठान जन्मिएको हो | प्रबल इच्छाशक्ति तथा सामर्थ भएर पनि आर्थिक अभावका कारण अध्ययनलाई निरन्तरता दिन नसकेका सक्षम व्यक्तिलाई शिक्षा दिइ राष्ट्रकै जिम्मेवार नागरिक बनाउने मूल उद्देश्यक साथ यो सस्था अगाडी बढिरहेको छ | २०७६ सालसम्म आइपुग्दा यस सस्था बाट
Read More..
खेमओमी कल्याणकारी प्रतिष्ठान’ मानव सेवामा समर्पित सेवाप्रदायक सस्था हो | आर्थिक अभावका कारण पढाइबाट टाढिनुपर्ने बाध्यात्मक आवस्थामा पुगेका गरिब तथा जेहन्दार विद्यार्थीहरुको मनोकाङ्क्षा परिपूर्ति गर्नु यस सस्थाको मूल उद्देश्य हो |
हाम्रो संघर्ष र मिहेनतको प्रतिफलको रुपमा यो सस्था जन्मिएको हो | व्यक्तिगत लागानीबाट नै यस सस्थाको स्थापना भए पनि कार्यविधि नितान्त सस्थागत रहेको छ |
आफ्ना व्यक्तिगत चाहना परिपुर्ती गर्न त सबै प्राणीले जानेका हुन्छन तर मानिस मात्र तेस्तो प्राणी हो जसले समाजको अन्तर्मनको भावलाई जगाएर सामाजिक क्षेत्रमा उत्प्रेरित गर्न सक्दछ | यही चाहनाको प्रतिफल नै खेमओमी कल्याणकारी प्रतिष्ठान हो | मेडिकल , इञ्जिनियरिङ्ग तथा अन्य विविध क्षेत्रमा अध्ययन गर्ने िवद्यार्थीलाइ खाना बस्न सुविधासहितको सहयाेग गरी खेमओमी कल्याणकारी प्रतिष्ठानले सहयोगी हात फैलाएको छ | आगामी दिनमा सस्थाको उन्नति र प्रगतिका लागि हामीकाे थप योगदान रहने नै छ | आशा छ । आगामी दिनमा यस सस्थाबाट सेवा लिएका सेवाग्राही बिद्यार्थीहरुले नै नेतृत्व सम्हाल्ने छन् | आफ्ना अनुभबका आधारमा सहयोगी हात फैलाउने छन् | सबैको सहयोगबाट नै सस्थाले उच्च प्रतिष्ठान पाउने छ | धन्यवाद |