मानिसको जीवन क्रियाशील भएर नै बित्दछ | कुनै मानिस नितान्त व्यक्तिगत उपलब्धिका लागि क्रियाशील भइरहनछ्न् भने कुनै सामाजिक उत्तरदायित्व निर्वाहक लागि क्रियाशील हुन्छ | मानिसको जीवनमा स्वार्थ रहन्छ नै तर कतिपय मानिस व्यक्तिगत स्वार्थमा रमाएका हुन्छन भने कतिपय मानिसलाई मानवसेवामा समर्पित हुन चाहने स्वार्थ हुन्छ । जब व्यक्तिगत जीवनयात्रा सम्पूर्ण होइन बरु सामुहिक जीवन बिताउनका लागि मानवसेवाको मार्गमा लगाउनुपर्दछ भन्ने कुरा बुुझें तब सहयोगको हात बढाउँन थाले | सहयोग र परोपकारमा रमाउने मेरो व्यक्तिगत अभिरुचि कै कारण खेमओमी कल्याणकारी प्रतिष्ठानले मुर्त स्वरूप प्राप्त गरेको हो |
२०७० साल मंसिर १७ गते मेरै जन्मदिनको अवसरमा सहयोगी हात फैलाउने अभिप्रायका साथ खेमओमी कल्याणकारी प्रतिष्ठान जन्मिएको हो | प्रबल इच्छाशक्ति तथा सामर्थ भएर पनि आर्थिक अभावका कारण अध्ययनलाई निरन्तरता दिन नसकेका सक्षम व्यक्तिलाई शिक्षा दिइ राष्ट्रकै जिम्मेवार नागरिक बनाउने मूल उद्देश्यक साथ यो सस्था अगाडी बढिरहेको छ | २०७६ सालसम्म आइपुग्दा यस सस्था बाट मेडिकल इञ्जिनियरिङ्ग तथा अन्य बिबिध विषयको अध्धयन गर्ने विद्यार्थीलाई आर्थिक सहयोग उपलब्ध गराई उनीहरुको अध्यनलाई सहज बनाउने काम गरिएको छ । मैले आफ्नो जन्मदिनको अवसरमा यस सस्थाको स्थापना गरेको भए पनि २०७८ सालसम्म आइपुग्दा यस प्रतिष्ठानले पूर्णत : सस्थागत मान्यता प्राप्त गरिसकेको छ |
आगामी दिनमा यस संस्थाले विधान अनुसार कार्य सम्पादन गर्दै अगाडि बढ्ने छ । हालसम्म यस संस्थाको अक्षय कोषको रकम १ करोड पुगेको छ । आगामी दिनमा उक्त रकममा क्रमश: बृद्धिगर्दै जाने प्रतिवद्धता पनि व्यक्त गर्दछु । संसारमा धन हुनेहरु थुप्रै हुनुहुन्छ । मन हुनु पनि पर्दोरहेछ । म आर्थिक रुपमा धनी भएर होइन की आफ्नो सामर्थले भ्याएसम्म यस्ता पवित्र काम गरी अरुलाई प्रेरणादायी कार्यमा प्रेरितगर्ने मेरो अभिप्राय हो ।
धन्यवाद
खेमराज पुन
संरक्षक
खेमओमी कल्याणकारी प्रतिष्ठान
