१. ‘खेमओमी पुन कल्याणकारी प्रतिष्ठान’ का संस्थापक खेमराज पुनको परिचय र घरायसी अवस्था
म खेमराज पुन वि.सं. २०१९ साल मङ्सिर १७ गते आइतबार गुल्मी जिल्लाको तत्कालीन भार्से गाविस वार्ड नं.३ सापढुङ्गा हाल सत्यवती गा.पा.– ८ मा जन्मिएर अढाई वर्षको उमेर हुंदा इ.सं. १९६५ मा भारत र पाकिस्तानबीचको लडाइंको मैदानमा बुबालाई गुमाएपछि विभिन्न सङ्घर्ष गरी अहिलेको अवस्थामा आइपुगेको छु । तत्कालीन समयमा बुबाको ना.सु. पदमा हुनुहुन्थ्यो र हामी तीन भाइ छोरा मात्र थियौं । मलाई आफ्ना बुबाको मृत्युबारे कुनै सम्झना छैन तर आमा क्रियामा बसेको साथै १ वर्ष सेतो पहिरनमा दु:ख बारेको बेला डराएर बंढी आमासंग सुत्ने बस्ने गरेको सम्झना अहिले पनि ताजा नै छ । मैले सानामा कसैले कस्को छोरा भनेर सोध्दा आपंm बंढी आमाको छोरा भएको विषय मात्र उल्लेख गर्थें । बुबाको मृत्युपछि आमा र आफंहरू तीन भाइ वर्षको एकपटक तम्घास पेन्सन बु√न जानुपर्ने विषय पनि म सम्झन्छु । हामीे तीन भाइको उमेर पुगेपछि पेन्सन पाउने सुविधा छुटेको तर हाम्री आमाले इ.सं. १९६५ देखि हालसम्म ५३ वर्षसम्म पेन्सन बु√दैआउनुभएको छ ।
हाम्रो परिवारमा वार्षिक रूपमा नगद पेन्सन आउने हुनाले घरको आर्थिक स्थिति राम्रै थियो । कान्छा बुबाको परिवार भारतमा बस्ने हुनाले हामी बंढी आमा, आमा र ३ भाइ ५ जनाको परिवार थियौं । त्यतिबेलाको पहाडी जीवनशैली गाईभैंसी पाल्ने र खेतीपातीको काम गर्नुपर्ने हुनाले बिहान स्कुल जानुअघि र स्कुल पढेर आएपछि साथै छुट्टीको दिनमा समेत पंरा घरको काम गर्नुपर्दथ्यो । घरमा पढ्ने समय भनेको राती र परीक्षाको बेला दिनमा पनि केही समय मिल्थ्यो । आमा ३५ वर्षको उमेरमा विधुवा भएर पनि हामी ३ भाइलाई पंरा घरको काममा कजाएर तीनै भाइलाई गाउंकै स्कुलबाट एस.एल.सी. पास गराउन सफल हुनुभयो । आमा अत्यन्त इमानदार, मेहनती र कडा स्वभावकी भएकी कारण हामी तीन भाइ नै हालसम्म पनि मेहनती छँंै यो सबै आमाकै देन हो जसको परिणति हामी तीनै भाइको अहिलेको बसोवासको व्यवस्था राम्रो छ । आज मैले जुन सफलता प्राप्त गरेको छु त्यसमा पहिलो श्रेय हाम्री ८८ वर्षीय आमाको इमानदारी, मेहनती र अनुशासित गुणले महŒवपंर्ण भंमिका निर्वाह गरेको छ । आज हामीले प्राप्त गरेको सफलताको श्रेय उहांलाई नै दिन चाहन्छु । उहांले सिकाउनुभएको असल पाठले नै हामीलाई यो उचाइ प्रदान गरेको छ ।
भार्से गाउंका अग्रजहरू जजसले गाउंमा २००८ सालमा स्कुल खोल्नका लागि योगदान दिनुभयो उहांहरूप्रति सम्मान र भावपंर्ण श्रद्धाभाव अर्पण गर्न चाहन्छु । यदि गाउंमा तत्कालीन समयमा स्कुल नखोलिएको भए मैले घरबाट टाढाको स्कुलमा गएर पढ्ने सम्भावना कम हुने थियो जसको परिणाम मैले जीवनमा आजको उचाइ प्राप्त गर्न सक्ने थिइन कि ? भन्ने मलाई लाग्छ । हुनत मेरो पढाइ सामान्य नै थियो तथापि आज पनि मेरो शक्ति त्यही पढाइ नै रहेको छ । पहिलो वर्ष मैले एस.एल.सी.मा अङ्ग्रेजीमा ३ अङ्क नपुगेर असफता बेहोर्नुपर्यो । तत्कालीन समयमा म असफल नै भए पनि प्रथम श्रेणी पुग्नका लागि जम्मा २० अङ्क पुगेको थिएन । दोस्रो वर्ष पंरै विषय दिनुपर्ने भएकाले सबै परीक्षा दिई उत्तीर्ण भएं । हाइस्कुलदेखि अङ्ग्रेजी विषयमा कमजोर भएकाले अहिलेसम्म पनि त्यो अङ्ग्रजीको भंतले मलाई छोडेको छैन । हाम्रो गाउंको स्कुल तत्कालीन समयमा ८।१० गाविसका विद्यार्थीहरूको केन्द्र थियो । हाम्रो गाउंमा ९५ प्रतिशत मगर र मात्र ५ प्रतिशत अन्य जातजातिको बसोवास रहेको छ । हाम्रो गाउं हालसम्म पनि तागाधारीविहीन नै छ । हामीले त्यसबेला जनै लगाएपछि क्षेत्रीलाई पनि बाहुनकै कित्तामा राखेर जिस्क्याउंथ्यौं । तत्कालीन समयमा स्कुलको कार्यालय सहयोगीलाई पनि सर र हेल्थपोस्टको परिचरलाई पनि डाक्टर भन्ने चलन थियो । विद्यार्थी कालदेखि नै म आफ्नो विचारमा अडिग, निडर र साहसी स्वभावको थिएं । यस स्वभावले मलाई ९५ प्रतिशत लाहुरे हुने समाजमा जन्मेर हुर्केर पनि अलग बाटो हिंड्न सहयोग गर्यो र वर्तमान समयमा पनि मेरो शक्ति त्यही स्वभाव नै बनिरहेको छ ।
२. समाजसेवी भावनाको विकास
बाल्यकाल पहाडी गाउंमा हुर्केको हुनाले त्यहांको प्रभावबाट सहयोगी भावनाको विकास भयो । गाउंमा सबै मिलेर सहयोग आदानप्रदान गर्ने चलन थियो जुन आज पनि यथावत् छ । त्यसबाहेक बाल्यकालबाट प्राप्त गरेको सहयोगी गुणलाई मैले आफंबाट टाढा जान दिइन । अर्कासंग केही लिनभन्दा दिन पाउंदा रमाउने मेरो मन अहिले पनि परिवर्तन भएको छैन । त्यसैले अरूलाई केही समर्पण गर्न पाउनु मेरो जीवनको सर्वाधिक रमणीय क्षण हो । अरूलाई केही खुवाउंदा तथा अरूलाई केही दिन पाउंदा प्राप्त हुने आनन्दलाई मैले मेरो जीवनका अरू सबै पक्षका तुलनामा महŒवपंर्ण मान्दै आएको छु । म अलि भावुक, दयालु र कमलो मनको छु जसको कारणले मलामी जानुपर्दा, विवाहमा छोरी विदाइ गर्नुपर्दा तथा मानवीय संवेदनासंग जोडिएका काम गर्नुपर्दा स्वाभाविक किसिमले आंखाबाट आफैं आंसु रसाउने गर्दछ ।
म काठमाडौं आई.एस.सी. पढ्दै थिएं । हाम्रै गाउँका माइला दाइको फोटो स्टुडियो र किराना पसल थियो । दाइ कतै कामले बाहिर जाँदा मैले पसलको रेखदेख गर्थेँ । एकदिन दाइ बाहिर गएको वेला म पसलमा बसेको थिएँ । मलाई पिसाब लागेर बाहिर गएको अवस्थामा पसलमा कोही पनि थिएन । म बाहिरबाट फर्केर आउँदा चिनेकै एकजना १३।१४ वर्षको केटाले पैसाको कन्टुर खोलेको देखें र ऊ मलाई देखेर रुन थाल्यो । मलाई ऊ रोएको देखेर दया लाग्यो । गाली गर्नु र पिट्नुको सट्टा मैले हातमा केही पैसा दिएर पठाएँ । मैले अहिलेसम्म यो कुरा कसैलाई भनेको छैन । म आज सम्झन्छु कि त्यतिवेलादेखि नै ममा सहयोगी र दयालु भावनाले स्थान जमाइसकेका थिए । मैले सानैदेखि चोरलाई पनि क्षमा दिन्थेँ र उसलाई सहयोग पनि गरिदिन्थेँ । म परिवारको कान्छो छोरा भए पनि घरको र आमाको वातावरणले गहिरो माया, पुलपुलिने वातावरणमा हुर्किने अवसर पाइन । म सधँै आफ्नो र घरको काममा लागि राखेँ । यस आदतले आजसम्म पनि मलाई सहयोग पुर्याएको छ । मेरो अनुभवमा बच्चाहरूलाई माया र ममता आवश्यक छ तथापि उमेरअनुसारको आफँले सक्ने आफ्नो र घरको आवश्यक काम, जस्तै— घर सफा गर्ने, कपडा धुने, नास्ताखाना बनाउने सिकाउनु अत्यावश्यक छ । यसले गर्दा उनीहरूमा आत्मबल, स्वावलम्बन, शारीरिक कसरत, समयको सदुपयोग, स्वच्छ चिन्तन आदिको सहज विकास हुन सक्छ । यति काममा समय लगाउँदैमा कसैको पढाइ कमजोर पनि हुँदैन बरु व्यावहारिक सीप बढेर जान्छ । यो बानीले उसलाई बुढेसकालसम्म सहयोग पुर्याउँछ भने घरका बच्चाहरूमा पनि सुसंस्कारको विकास हुन्छ । जन्म गाउँ भार्से लु.अ.को सबैभन्दा अग्लो पर्वत थाप्ले बुढी सत्यवतीको काखमा अवस्थित छ । थाप्लेको लेक समुन्द्र सतहदेखि २७०० मिटर अग्लो छ ।
३. जीवनमा परिवर्तन ल्यााइदिने मोड
सहयोगी दयालु स्वभावको हँुदाहुँदै पनि यस कार्यलाई राम्रो मलजल र आजको अवस्थामा ल्याउन मेरो उच्च रक्तचापको बिमारले धेरै सहयोग पुर्यायो । पटकपटक टन्सिलको बिमार हुने भएकोले शिक्षण अस्पताल महाराजगञ्जमा टन्सिलको अपरेसन गर्ने भइयो । अपरेसनको लागि अपरेसन कक्षमा लानुभन्दा अघि ब्लडप्रेसर नाप्दा बढी देखियो । त्यस समयमा दबाई साथै दाइ डा.मधुसँदन पुन र भाउजँ मीना पुन (टिचिड्डअ.स्टाफ) को सहयोगले अपरेसन हुन सम्भव भयो नत्र रोकिने सम्भावना थियो । अपरेसन हुँदा मेरो तौल ८४ केजी थियो । यो मेरो उचाइ अनुसार झण्डै १९ किलो बढी हो । अपरेसनपछि डा.अरूण सायमीले रेगुलर दबाई खान सल्लाह दिनुभयो र समयसमयमा जाँच गर्दै हालसम्म दबाई खँँदै आएको छु ।
उच्च रक्तचापको औषधी सुरु गरेपछि रक्तचापसम्बन्धी लेखेका बुलेटिन, लेख, सँचना आदि पाएसम्म अध्ययन गरँे र हालसम्म पनि गर्दैछु । अध्ययनको निष्कर्ष पहिलो आहारविहार र दोस्रो औषधीको प्रयोग उपयुक्त हुने पाएँ । उच्च रक्तचापका बिमारीले नुन कम, तौल उचाइ अनुसार र मानसिक शान्ति र निश्चिन्तता आदिमा बस्न सके उच्च रक्तचाप कन्ट्रोल हुने अध्ययनबाट बुझियो । ८४ किलो तौल घटाउन २०६२ सालमा मुक्तिनाथको दर्शन गरी मासु खान छोडियो र हालसम्म पनि खाएको छैन । त्यस बाहेक प्राकृतिक उपचारबाट तौल घटाउन शुरुमा गोरखपुर (प्राकृतिक अस्पताल) र पटक–पटक नवलपरासीको रजहरमा रहेको प्राकृतिक सामुदायिक अस्पतालमा सकेसम्म वर्षमा २ पटक, नसके १ पटक ८–१० दिन उपचारको लागि बस्दै आएको छु । हाल मेरो तौल ७० किलो रहेको छ । शाकाहारी भोजन र प्राकृतिक उपचारले तौलको साथै शरीर स्वस्थ रहन सहयोग पुगेको पँर्ण महसुस गरेको छु । साथै रजहर प्राकृतिक अस्पतालको श्रीमती, छोरा, छोरी र आफँ आजीवन सदस्य समेत बनेको छु । प्राकृतिक जीवनशैली र उपचारको लागि सबैमा सल्लाह र सुझाव राख्न चाहन्छु ।
मानसिक शान्तिको लागि २०६१ सालमा पहिलोपटक लुम्बिनी विपश्यना केन्द्र र धम्म जननीमा १० दिनको ध्यान शिविरमा बसी, हालसम्म ७ पटक १० दिन, १ पटक २० दिन र धेरैपटक सेवा गरेको छु । धम्म जननीको ट्रष्टीको २ पटक सचिव भएर समेत सेवा गर्ने मौका पाएको छु । हाल पाल्पा विपश्यना केन्द्रको ट्रस्टीको सदस्य पदमा छु । आफ्नो व्यक्तिगत, सामाजिक र व्यावसायिक काममा सक्रिय दैनिक जीवनजस्तै विपश्यना ध्यानकेन्द्रसँग पनि मन र मुटु जोडी राखेको छु । मान्छेको जीवनमा ध्यानको धेरै महŒव छ भन्ने मैले महसुस गरेको छु र यस कार्यको लागि सबैलाई सल्लाह र सुझाव दिन चाहन्छु ।
उच्च रक्तचापको बिमार देखिएपश्चात् गरेका क्रियाकलापहरूले मलाई अध्ययन र भ्रमण गर्ने बानी दियो । मैले गरेको भ्रमणको विषय यसै स्मारिकामा उल्लेख छ । त्यस्तै मैले पुस्तक, नेपालीमा लेखिएको आध्यात्मिक विषय, सफल व्यक्तिका जीवनी, ज्ञानका कुराहरू, स्वास्थ्यसम्बन्धी साथै विश्वका चर्चित पुस्तकहरू (जुन नेपालीमा अनुवाद गरिएका छन् ) पढ्ने गरेको छु । आफँले अध्ययन गरेका अन्दाजी २५० पुस्तकहरू (मिति २०७४।०२।०९ को पसल र घरमा आगलागी हुँदा ठँलो आर्थिक नोक्सानी) जलेर नष्ट भए । तथापि मैले पुस्तक पढ्दा आफँलाई राम्रो लागेको ठाउँमा चिह्न लगाउने र सो चिह्न लगाएको टाइप गरेर राख्ने गरेको हुनाले पुस्तकको सारांश नोट बचेको हुनाले ठँलो राहत महसुस गरेको छु ।
४. संस्थागत सहयोगको योजना
आफ्नो भित्री मन सहयोगी हुँदाहुँदै पनि बाहिर प्रस्फुटित हुन नसकेको विषयलाई उच्च रक्तचापको बिमार तथा अध्ययन, भ्रमण र ध्यानको सहयताबाट खुला रूपमा प्रस्फुटित गराइदियो । सानातिना सहयोगहरू भाइसाथी, नातापाता, मठमन्दिर, संघसंस्था आदिमा गरेकै थिएँ तर पछि संस्थागत रूपमा सहयोगका कार्यहरूले गति लिएको कुरा म पँर्णरूपमा स्वीकार गर्दछु । सोच त आयो तर सहयोगको स्वरूप कस्तो र सुरुवात कहाँबाट गर्ने ? धेरै समयको चिन्तनपश्चात् जन्म दिने आमाबुवाको नाममा ३ भाइले हाइस्कुल पास गरेको स्कँलमा आमाबुवाको नामबाट आर्थिक अभावले स्कँल पढ्न नसकेकालाई पढाउने र स्कुल गएर पनि आर्थिक अभावका कारण स्कुल छोड्ने अवस्था भएका विद्यार्थीहरूलाई पढाउने कार्यको लागि बुवा मनबहादुर र आमा गौरी पुनको पहिलो अक्षरबाट नामकरण हुनेगरी रु.७,००,०००। (सात लाख) को मन–गौरी पुन शैक्षिक अक्षय कोष स्थापना गर्ने आमा र ३ भाइको बीचमा सरसल्लाह गरी सामँहिक निर्णय गरियो । यो कोष मिति... मा स्थापना भई हालसम्म यसको ब्याजबाट झण्डै १०० विद्यार्थी लाभान्वित पनि भइसकेका छन् । स्कुलको ... वर्ष एसएलसी परीक्षामा रिजल्ट शँन्य भएको हुनाले मन–गौरी संचालक समितिको निर्णयअनुसार सो कोषबाट एसएलसी दिने विद्यार्थीहरूलाई थप कोचिङ पढाउने निर्णय गरेअनुसार त्यो वर्षदेखि हालसम्म एसएलसी रिजल्ट राम्रो भएको छ ।
अध्ययन गरेका धेरै पुस्तक मध्येबाट अन्तर्राष्ट्रिय ट्रेनर शिव खेडाले लेखेको पुस्तक ‘जित आपको’मा लेखेको सफल हुने व्यक्तिले कुनै नयँँ काम नगरेर नयँँ ढंगले गर्छ भन्ने भनाइ मेरो मनमा साह्रै गढेको छ । शिव खेडाको ट्रेनिङमा छोरी रोजी र म सहभागी भएका थियौं । त्यसबेला क्लास सुरु हुँदा नै भनेको एउटा भनाइ साह्रै चित्त बुझेको छ — “तपार्इंहरू शिव खेडाले केके नै सिकाउँछ भनेर यति धेरै रकम तिरेर आउनुभएको छ तर मैले केही नया कुरा सिकाउँदिन, तपाईंहरूले नै जानेको बुझेको कुरा उजागर गरी दिन्छु ।” भन्ने भनाइ पनि मलाई अत्यन्तै मन परेको छ यदि उहाँले भनेझंै आफँले जानेको बुझेको गलत काम नगर्ने र सही काम गर्ने हो भने साथै सफल मान्छेहरूको दैनिकीको नक्कलमा सक्दो प्रयास गर्ने हो भने जीवन चलाउन धेरै टाउको दुखाउनु नपर्ने जस्तो मलाई लाग्दछ ।
आमाबुवाको नामको अक्षयकोष तयार भएपछि अब के गर्ने भन्ने सोँचमा मलाई म लागेँ । फेरि सम्झन पुगेँ बँढीआमालाई जसले मलाई बच्चामा ठँलो मायाममताको साथै नि:स्वार्थ कर्तव्य निर्वाह गर्नुभएको थियो । मैले उहाँको सम्झना र सम्मान लागि केही गर्नुपर्छ । बँढीआमाको नाममा त केही गर्ने तर के गर्ने भन्ने सोंचाइका विभिन्न विषयहरू मनमा आए । ती सबै विषयहरूमा उत्तम बँढीआमाले जुन गाउँको टोलमा लामो जीवन बिताएर निधन हुनुभयो, त्यही टोलको आमासमँहलाई बँढीआमाको नामबाट २ लाख रूपैयाँ दिने र आमासमँहको नाम पनि बँढीआमाको नामबाट ‘कला पुन आमासमँह’ नाम राख्नको लागि आमासमँहसँग प्रस्ताव राख्ने निर्णय गरेँ । प्रस्ताव आमासमँहले सहर्ष त्यो प्रस्ताव स्वीकार गरी दुबै पक्षबीच तत्कालीन गुल्मी भार्से गाविस वार्ड न.३ अन्तर्गत सामाजिक र कल्याणकारी काम ब्याजबाट आउने रकमबाट गर्ने गरी रु.२ लाख सावाँ अक्षयकोषको रूपमा रहने निर्णय दुई पक्षबीच सम्झौता गरियो । अक्षयकोषबाट हालसम्म धेरै कामहरू सम्पन्न भएका छन् । यसबाट बँढीआमाको सम्मान तथा गाउँका आवश्यक काम पनि चलेका छन् ।
५. ‘खेमओमी पुन कल्याणकारी प्रतिष्ठान’ को स्थापना
बुबाआमा र बँढीआमाको सम्मान तथा सम्झनास्वरूप कल्याणकारी कोष स्थापना गरिसकेपछि अब आफ्नो र श्रीमतीको नामबाट आफ्नो जीवन रहुन्जेल साथै मृत्युपछि पनि निरन्तर चलिरहने कल्याणकारी संस्था बनाउनुपर्छ भन्ने तीव्र इच्छा मनमा जागेपछि मिति २०७०।०८।१७ गते आफ्नो जन्मदिनको अवसर पारेर १७ लाख रुपियाँको अक्षय कोष बनाउने कार्यको सुरुवात भयो । मिति २०७१।०२।२९ का दिन जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा ‘खेमओमी पुन कल्याणकारी प्रतिष्ठान’को नाम दर्ता गरियो । पटकपटक जन्मदिनमा रकम थप्दै जाँदा २०७५।०८।१७ सम्म कोषको रकम ६२ लाखमम्म पुगेको छ । ‘खेमओमी पुन कल्याणकारी प्रतिष्ठान’ सुरु भएपछि हालसम्म यस प्रतिष्ठानको कोषमा सङ्कलित रकमबाट समपन्न भएका कार्यहरूको विवरण महासचिवको प्रतिवेदनमा प्रस्तुत भएको छ । साथै यो संस्था मिति २०७१।१०।०८ मा समाज कल्याण परिषद् लैनचौर, काठमाडौँमा समेत दर्ता भएको छ ।
६. ‘खेमओमी पुन कल्याणकारी प्रतिष्ठान’ संस्थापकको जीवनविषयक दृष्टिकोण
माथि उल्लेख गरिएका कार्यहरू सम्पन्न गर्न तथा काममा योजनाबद्ध किसिमले अगाडि बढ्नका लागि मलाई घरपरिवारका सम्पँर्ण सदस्यहरूबाट पँर्ण समर्थन र सहयोग रहेको छ । परिवारको सहयोग र साथकै कारण मैले सामाजिक क्षेत्रमा आफँलाई समर्पित गर्ने अवसर पाएको हुँ । मेरी श्रीमतीको पनि रुचि सामाजिक काममा भएको कुरा उनैको यही स्मारिकामा प्रकाशित व्यक्तिगत विवरण र संघसंस्थामा रहेको आबद्धताले प्रस्ट पारेको छ । साथै नि:स्वार्थ भावनाले गरेको कामलाई सबै इष्टमित्र, साथीभाइ, सरकारी, अर्धसरकारी, गैरसरकारी संघसंस्था आदिबाट आवश्यक सहयोग पाइँदो रहेछ भन्ने महसुस गरेको छु र निरन्तर सहयोग पाइ नै रहेको छु तथा पाइरहने आशा पनि राखेको छु । देशले विकासनिर्माणका क्षेत्रमा फट्को मार्नका लागि मुख्य जिम्मेवारी सरकारको हो । सरकारबाहेक हामी सबै नेपालीको पनि केही न केही जिम्मेवारी अवश्य छ । सक्नेले क्षमताअनुसार हरेक क्षेत्रबाट सहयोग गर्ने हो भने देश अघि बढ्न धेरै समय कुर्नुपर्दैन थियो होला । यसका लागि हाम्रो देशबाट हराउँदै गएको नैतिक शिक्षाको अभावलाई पँरा गर्नुपर्ने देखिन्छ । यसैको असर अधिकांश नेपालीमा म र मेरो साथै मै खाऊँ मै लाऊँ भन्ने स्वार्थी विषयले घातक रोगले झैँ सबैलाई ग्रसित पारेको छ । साथै धेरैमा अधिकार खोज्ने र कर्तव्य निर्वाह नगर्ने प्रवृत्ति दिनानुदिन मौलाउादै गएको छ । यसले भावीपुस्तालाई नराम्रोसँग प्रभाव पार्ने विषयलाई अहिले नै विचार पुर्याउनुपर्ने अवस्था आएको छ । मैले सुरुमा संस्था दर्ता गर्दा र काम सुरु गर्दा आजसम्मको ५–६ वर्षमा संस्थाको सेवा यो स्तरसम्म पुग्ला भन्ने कल्पना गरेको थिइनँ । एउटा पुस्तकमा पढेको थिएँ ‘तिम्रो आँखाले देख्ने ठाउँसम्म जाऊ, त्यहाँबाट कहाँ जाने त्यही ठाउँबाट देखिन्छ’ यही भनाइअनुसार जीवनमा काम गर्दै गइयो, चिन्तन मनन गर्दै गइयो, शुभचिन्तकहरूको सल्लाह र सहयोग लिँदै गइयो र नयाँनयाँ विषय र बाटाहरू देखिँदै गए र यो छोटो समयमा पनि यहाँसम्म आइ पुगियो । एवं रीतले अघि बढ्नु छ आफ्नो क्षमताअनुसार जीवनरहुन्जेल अक्षय कोषमा रकम थप गर्नुछ । आजसम्म संसारमा कति मान्छे आए र कति गए, कुनै कसैसँग पनि तथ्याङ्क नै छैन । जान त सबै गए तथापि केही मान्छेले संसारलाई केही दिएर गए संसारमा तिनैको काम र नाम जिउँदो रहिरहेको छ । म एउटा साधारण घरपरिवारमा जन्मेको हुर्केको मान्छे, मध्यमस्तरको व्यवसायी, साधारण पढाइलेखाइ भएको व्यक्तिलाई पनि आफँ, आफ्नो घरपरिवार, साथीभाइ र इष्टमित्रभन्दा केही माथि उठी नि:स्वार्थ भावनाले अरूको सेवा गर्ने प्रेरणा जागेकोमा म आफ्नो जीवनदेखि सन्तुष्ट छु । आफ्नो मृत्युपछि पनि सानो समाजमा चिनो रहिरहने आशाले खुसीको अनुभँति भइरहन्छ । विश्वप्रसिद्ध महामानव मदर टेरेसाले भन्नु भएको छ— ‘तिमीले १०० जना दु:खी भोकालाई खुवाउन सक्दैनौ त के भयो ? जति जनालाई सक्छौ खुवाऊ, कमसेकम एक जनालाई त खुवाउन सक्छौ होला नि ? आफँले कमाएको रकमले आफ्नो लागि खर्च गरेर पाएको खुसीको तुलनामा सोही रकम नि:स्वार्थ भावले अरूको लागि खर्च गरेर अरूले खुसी पाएको देख्दा आफँमा त्योभन्दा बढी खुसी र आनन्द केही हुन सक्दैन । त्यसैले एकपटक सक्नेले प्रयास गरौं कि ? सोचौँ त ।
आफ्नो जीवन रहुउन्जेल यो संस्थाको सञ्चालनको प्रमुख भँमिका आफँ, कार्यसमिति, सल्लाहकारज्यँहरू र शुभचिन्तकहरूको राय सल्लाह बमोजिम चल्नेछ । कोषको बारेमा आफ्नो जीवन रहुन्जेल थप गर्ने र मेरो शेषपछि पनि मेरा सन्ततिहरूबाट थप हुँदै जाओस् भन्ने आशा पनि राख्दछु । जुन व्यक्तिहरूले यस कोषबाट सहयोग पाएर जीवन सफल बनाउनुभएको छ, यदि उहाँहरूले पनि कोषमा रकम थप गर्न चाहनुभयो भने इच्छाअनुसार त्यो पनि खुला रहनेछ । तथापि उहाँहरूलाई रकम थप गर्नुपर्ने करकाप वा बाध्यता रहने छैन । संस्थाले नि:स्वार्थ रूपमा सामाजले देख्ने र अनुभँत हुने गरी राम्रो काम गरेमा व्यक्ति, सरकारी, अर्धसरकारी संस्था आदिबाट पनि सहयोग हुनसक्ने सम्भावना देखिन्छ । यदि हामीले आशा गरेअनुसार आंशिक थप रकम आयो अथवा कहींबाट पनि आएन भने पनि आफँसँग भएको कोषबाट क्षमताले सक्नेसम्मको काम गर्दै जानेछौँ । संस्थाको विधानअनुसार यस संस्थाबाट सेवा लिएका व्यक्तिहरूलाई संस्थाको सदस्य हुन अनुरोध गरिनेछ । सेवाग्राहीहरू आफँले संस्थाबाट पाएको सेवा र जीवनमा पुर्याएको सहयोगको उच्च मँल्याङ्कन गर्दै संस्थाप्रति सकारात्मक हुनेछन् भन्ने मैले पँर्ण आशा लिएको छु । भविष्यमा संस्था सञ्चालनको प्रमुख भँमिका यस संस्थाबाट सेवा लिएका सदस्य, खेम सन्ततिहरू रहनेछन् भन्ने आशा लिएको छु भने सहयोगीको रूपमा संस्थाको काम हेर्ने व्यक्ति, सरकारी, अर्धसरकारी संस्था आदि हुन सक्नेछन् । यी माथि उल्लेख गरिएका सम्भावना तथा पँर्वाधारहरूको आधारमा मेरो शेषपछि पनि संस्था राम्ररी चल्नेछ भन्ने अठोट लिएको छु । आजसम्म मैले र हामी सबैले देखेको अनि बुझेको तीतो सत्य मानिस जन्मिँदा खाली हात र मृत्युपछि पनि खाली हात नै जाने हो । तथापि यी कुराहरू बुझ्दाबुझ्दै पनि अपवादबाहेक सम्पँर्ण मानिसहरूमा मृत्युपछि पनि केही न केही लगेर जानेजस्तो स्वार्थी व्यवहार पाइन्छ । हामीसँग आज जे बुद्धि, विवेक, धन, सम्पत्ति, स्रोतसाधन आदि छन् यी सबै यही समाजबाट पाएका हौँ, यी चिजहरू केही भाग समाजकै लागि खर्च गर्ने सद्बुद्धि र सोंच हामी मनुष्य जातिमा प्राप्त हुन सकोस् भन्ने प्रार्थना ईश्वरसँग गर्दछु । मेरो अन्तरात्मामा मानवसेवाको भावना जागृत गरिदिने ईश्वरलाई कृतज्ञताज्ञापन पनि गर्दछु । मैले गरेको काम केही सेवा अनि केही धार्मिक हो भने मुख्य विषय समाजप्रतिको आफ्नो कर्तव्य हो भन्ने मेरो बुझाइ रहेको छ ।
सानो विद्यार्थीकालमा हाफ पाइन्ट, खाली खुट्टा, फोहोर मैलो शरीर, स्कुलमा धुलो भुइँमा चकटीमा बसी पढेको, आफ्नै गाउँका दमाई दाइले सिलाएको टोपी लगाएको, गाईभैंसीको गोठ सफा गरेको, टाढाको खरबारीबाट घाँस काटेर बोकेर ल्याएको, साथीभाइसँग जाडो मौसममा बिहान खाली खुट्टा थुन्सेमा मल बोकेको, साथीहरूसँग गुच्छा खेलेको, खोप्पी खेलेको, आशा चुरोटको खोलको तास बनाएर जोडा मिलाउने र सत्र खेलेको आदि कुराहरू कहिलेकाहीँ एक्लै बसी ध्यानमग्न हुँदा सम्झना आउँछ र फेरि सम्झन पुग्छु अहिलेको नयाँनयाँ विभिन्न कुराहरू जुन सम्झँदा सपनाजस्तो अनुभँति हुन्छ । कहिलेकहिले त्यो परिवेशबाट यो परिवेशसम्म आएकोमा आफैँमा खुसी तथा गर्वको महसुस पनि हुन्छ ।
मैले हालसम्मको जीवनमा प्रत्यक्ष असहयोग गर्ने साथीभाइ, घरपरिवार, इष्टमित्र आदि पाएको छैन । तथापि मलाई यहाँसम्म आइपुग्न प्रत्यक्ष फलानाफलानाको सहयोग छ भनेर तोक्ने मान्छे पनि पाएको छैन । जीवनमा सानातिना घटनाहरूमा व्यावहारिक सहयोग स्वाभाविक भए । मेरो स्वभाव सकेसम्म समयको सदुपयोग गर्ने, सानोभन्दा सानो काम पनि सोचेर बुझेर गर्ने, प्राथमिकताअनुसार काम गर्ने, काम नसाँच्ने, गल्ती कमजोरी र समस्यामा राम्रो कुरा खोज्ने, साहस र निडर भएर काम गर्ने, सधँै साथमा नोटबुक र कलम राख्ने र दिमागमा कुनै सोंच आउनासाथ नोट गर्ने साथै तत्काल वा फुर्सदमा गर्ने काम हो सोही बमोजिम लेख्ने, साँझ छिटो सुत्ने र छिटो उठ्ने आदि स्वभावले मलाई जीवनमा सफल बनाउनका लागि कुनै न कुनै भँमिका खेलेका छन् । अहिले आएर मैले मेरो समय र दिमाग धन कमाउने व्यावसायमा न्यँन तथा सामाजिक र कल्याणकारी काममा धेरै बढी नै लगाउने गरेको छु । भविष्यको जीवन पनि यसरी नै बिताउने सोचाइ बनाएको छु ।
म आफ्नो जीवनमा पद र पैसाको पछि दौडेको छैन । संस्थासँग सम्बन्धित स्वाभाविक पदहरूमा रहे पनि कुनै लाभको पदमा म बसेको छैन । भविष्यमा पनि यसै क्रमले पदको पछि दौडिने सोचइ ममा आएको छैन । मैले कुनै पदीय जिम्मेवारी लिएपछि इमान्दारीका साथ आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म काम गर्नुपर्छ भन्ने मान्दछु । साथै म लामो समयदेखि व्यापार व्यावसायमा रहे पनि कहिल्यै पैसा कसरी बढी कमाउने भनेर दौडेको पनि छैन । मैले इमान्दारी र स्वाभाविक तारिकाबाट जे–जति पैसा कमाउन सकेँ त्यसमा नै सन्तुष्ट छु । यसैबाट अरूहरूलाई सहयोग गर्न पनि पाएको छु । भविष्यमा यस्तै तरिकाले चल्ने सोचमा छु । समाजमा पढेलेखेका, बुझेका, सिद्धान्त र आदर्शका ठँलाठँला कुरा गर्नेहरू पनि पद र पैसाको लागि मरिहत्ते गरेर ज्यान फालेको देख्दा मलाई अनौठो लाग्दछ । आवश्यक सीमाभित्र पद र पैसा पनि चाहिन्छ,त्यसको मैले पँरै विरोध होइन तर अस्वाभविक पैसाको पछाडि दौडने प्रवृत्तिप्रति मेरो असहमति हो । कुनै संघसंस्थाको मिटिङ वा कुनै भत्ता रकम, विवाह कार्यक्रममा टीका लगाएको रकम अथवा यस्तै किसिमबाट आउने रकमहरू मैले अलग राखी आफ्नो व्यक्तिगत खर्चमा प्रयोग नगरी दीनदु:खीहरूको लागि खर्चने गरेको छु । म अलि भावुक पनि छु जस्तो लाग्छ, डा.उपेन्द्र देवकोटाको मृत्युमा राष्ट्रले केही गुमाएको महसुस भयो र डा.देवकोटाको नाममा एक छाक खाना खाइनँ ।
जीवनमा मान्छेले सदुपयोग शब्दको सही सदुपयोग सोचबुझका साथ प्रयोग गर्ने हो भने सफलता प्राप्त गर्न धेरै सहयोग पुग्ने मलाई लाग्दछ , जस्तै : समयको, धनको, बुद्धिको, ज्ञानको, परिश्रमको, बोलीको, वस्तु आदिको सदुपयोग राम्ररी गर्नाले जीवन चल्न चलाउन धेरै सजिलो हुनेछ । मान्छे धेरै क्षमतावान् हुँदाहुँदै पनि घमण्डी व्यवहार साथमा लिएर हिँडेमा सफल हुने सम्भावना न्यँन हुन्छ र त्यस्ता मान्छेको अगाडि सबैले हजुर भने पनि पछाडि कुरा काट्ने प्रशस्त हुन्छन् यो हामी सबैले बुझेकै कुरा हो । साथै क्षमतावान् हुँदाहुँदै पनि लापरवाही, हेलाचेक्राइँ, ढिलाइ आदिको कारणले क्षमता भजाउन नसक्दा समाजमा असफल मान्छे पनि प्रशस्त भेटिन्छन् । मान्छेहरू जानीबुझी ससाना विषयहरूलाई हेकचेक्राइँ गर्दा दु:ख पाउने गर्दछन्, जस्तै: सामान एकैठाउँमा राख्ने बानी नगर्दा, आवश्यकताभन्दा बढीबढी सामान राख्दा, नसोचेर प्वाक बोल्दा आदि । सरल भई जीवन जिउनजस्तो सजिलो र आनन्द म र मेरो भन्ने अहम् हुँदैन ।
मान्छेले जीवनमा तन र मन स्वस्थ राख्न हर प्रयास गर्नुपर्छ । जतिसुकै बुद्धिमान्, ठँलो पदवाला, धनी, बलवान् आदि व्यक्तिको पनि शरीर स्वस्थ छैन, मनमा शान्ति छैन भने कुनै पनि मँल्यमा सुखी खुसी हुन सक्दैन । शरीर स्वस्थ राख्नको लागि प्राकृतिक नियम र सत्यलाई स्वीकार गर्नुपर्छ भने मनलाई शान्त राख्न ध्यान विधि अङ्गीकार गर्नुपर्छ । यी दुई नियमहरू पालना गर्न साधारण आर्थिक अवस्था र लेखपढ भएकाले पनि गर्न सकिन्छ । हुँदा राम्रो नभए पी.एचडी. डिग्री र करोडपति हुनै पर्ने आवश्यकता छैन । प्राकृतिक आचरणको अनुसरण र ध्यानका बारेमा अलगअलग लेखको रूपमा यही स्मारिकामा समावेश गरिएको छ ।
यस स्मारिकाको तयारी कुनै प्रचारबाजीको लागि नभएर आफ्नो केही व्यक्तिगत र संस्थाको हालसम्मको कामको संस्थागत लिपिबद्धताको मुख्य उद्देश्य हो । यस स्मारिकाले सेवा लिन आवश्यक र दिन सक्ने सहयोगी दाताबीचको पुलको काम, सहयोग गर्न सक्ने क्षमतावान् महानुभावहरूमा प्रेरणा जगाओस् भन्ने अभिलाषा पनि हो । साथै आफँले र संस्थाले गरेको कामले आफँमा कुनै घमण्ड नजागोस् भन्ने पनि चाहन्छु । संसारमा जतिसुकै मान्छे भए पनि आजसम्म स्वभाव र स्वरूप एक अर्कामा मिलेको पाइँदैन ।
कहिलेकाहीं ठँल्ठँला कार्यक्रम, विशेष कार्यक्रम, उद्योगी व्यवसायीको भेलाजस्तै कार्यक्रमहरूमा आफँभन्दा आर्थिक रूपमा धेरधेरै माथि रहेका चेहराहरू देख्दा कतै हाम्रो संस्थाले गरेको कल्याणकारी काम समाजमा नसुहाउँदो, नमिल्दो त भएन भन्ने पनि लाग्छ र केही समय एकोहोरो घोरिन बाध्य हुन्छ । फेरि केही समयपछि दृढ विश्वासका साथ काम सही छ भन्ने निर्णयमा पुग्छु र खुसी पनि हुन्छु ।
मैले सबै मान्छेहरूमा राम्रा र कमजोर पक्षहरू हुन्छन् भन्ने बुझेको छु । समयअनुसार हुनुपर्ने विशेषतामा ड्राइभिङ, कम्प्युटर, अंग्रेजी भाषा आदिमा कमी हुँदा कहिलेकहिले मेरो मन अमिलो पनि हुन पुग्छ । साथै मनभित्र र बाहिर बोली र व्यवहार पनि एउटै प्रयास गर्ने स्वभाव भएकाले अहिलेको चल्ती समाज जहाँ माथिका व्यवहारहरू धेरै कम हुने र फरक तरिकाले चल्ने हुनाले बेलाबेलामा अप्ठ्याराहरू आइपरिरहन्छन् । मेरो स्वाभाव कस्तो छ भने कसैको भनाइ पनि नकारात्मक र व्यावहार पनि नकारात्मक पाइएमा त्यस्ता मान्छेसँग मौन रहने तथा टाढा रहने प्रयासमा हुन्छु भने बोलाइ र भनाइ सकारात्मक तर व्यवहार नकारात्मक मान्छेसँग अघिल्लो मान्छेसँग भन्दा धेरै दु:खी हुन्छु किनकि अघिल्लो मान्छेले एउटै व्यवहार गर्यो भने पछिल्लो मान्छेले नक्कली, फरक व्यवहार गरी धोका दिने तल्लोस्तरको निच काम गर्यो । मेरो मन नपर्ने शब्द नै धोका हो तथापि गृहस्थ जीवन र समाजमा विशेष परिस्थितिहरूमा यस्तो धोका सहन बाध्य हुनुपर्दो रहेछ ।
७ दैनिकी जीवन
बिहान ४ बजेको हाराहारीमा उठने । आलाराम लगाउने चलन छैन् स्वाभाविक निद्रामा उठने । उठनासाथ २–३ गिलास मन तातो पानी पिएर ध्यान बस्ने, सोचको प्रेसर हुनासाथ प्रेस हुने र कम्तिमा एक डेढ मोर्निड्ड वाकमा निस्कने । मोर्निड्ड वाकको लागि कुनै वहाना नबनाउने । मोर्निड्ड वाकमा ३० एमएल जमरा रस पिउने गरेको छ । मोर्निड्ड वाकबाट फिर्ता भएपछि कागती र मह पानी, एउटा स्याउ र ड्राई फ्रुटर्स ओखर, काजु, बदाम र किसमिस खाने गरेको छ । नुहाई धुहाइ गरे पछि आफ्नो अफिसमा आएर शुरुमा यो दिनमा गर्नुपर्ने कामको लिस्ट तयार गरिन्छ । फोनमा सम्पर्क गर्ने काम व्यक्तिको अनुकँलता समय हेरेर गरिन्छ । आफै हाजिर हुनुपर्ने र भेट्ने काम सकभर विहानको खानापछि मिलाउने प्रयास गरिन्छ । आफ्नो अफिसमा रहँदा पसलको, व्यक्तिगत सामाजिक आदि कामहरू गरिन्छ । फुसर्द भएमा पढ्ने पुस्तक सधै साथमा भइरहने हुनाले पढने, अनलाईन न्यँज हेर्ने, भेटघाट कामहरू हुन्छन् । साझ पसल बन्द भएपछि घर बाहिर निस्कने गरेको छैन । खाना साँझ विहान दुवै समय रोटी प्रसस्त हरियो तरकारी र सलाद खाने गरेको छु ।
दैनिक मोर्निड्डवाक
बच्चामा विरामी हुँदा लामालाई हेराउनु जाने, पानीले छ्याप्ने
देउताको नाममा कुखुरा उठाउने,
एक जिना ए.विद्यार्थीले शुरुमा कसैले पठाएर आउँदा खेमलाई नमस्कार पनि नगरेको स्यमंपछि आफैले भनेको, नगरेको किन रे भने धेरै ठाउँ सहयोगको लागि गएको, राम्रो कुरा र आस्वासन सबैले दिने तर सहयोग कसैले नगर्ने भएकोले यहाँ पनि सस्तै होला भनेर विश्वास नलागी नलागी आएकोले नमस्कार गर्न मन पनि लागेन रे ।
हाम्रो संस्थाको सेवा प्रमुख शिक्षामा हुनेछ । जीवनमा शिक्षाको महत्व अग्र स्थान रहने कुरामा कसैको दुइमत नहोला । यसैलाई मध्यनजर राखी जेहेन्दार र प्रतिभावान हुँदा हुँदै पनि गरिबीको कारण प्रतिभा फुलाउन नसकी मार्न बाध्य हुने अवस्थामा रहेका बालबालिकाको प्रतिभा फुलाउने र फलाउने काममा सहयोग पुर्याउने रहनेछ ।
आर्थिक चालचलनको हिसाबले मैले बुझेको समाजमा चार थरिका मानिस भेटिन्छन् ।
१. मख्खीचुस: जसले आफँसँग भएको धनसम्पत्ति न आफँ भोग गर्छ नत अरूलाई भोग गर्न दिन्छ । यस्ता मानिस समाजमा कम हुन्छन् ।
२. कन्जुस: यस खालका मानिस आफँले चाहे भोज गर्छन् तर अरूका लागि भोग गर्न दिंदैनन् । यसखालका मानिस समाजमा प्रसस्त भेटिन्छन् ।
३. उदार: यस खालका मानिस आफ्नो लागि पनि खर्च गर्ने र अरूको लागि पनि खर्च गर्दछन् । यस्ता मानिसहरू समाजमा अहिले कमै भेटिन्छन् । सायद कलीयुगको कारण हो कि नैतिक शिक्षाको कमीले होकि, म र मेरो विषयको बढवाले हो आदि के ले हो सबैले अनुसन्धान गर्नुपर्ने जरुरी जस्ता लाग्दछ । म धेरै धेरै जति सक्छु यस्तो चालचलनमा रहने प्रयासरतमा छु । जुन व्यवहारले देखाउने छ ।
४. दानी: यस खालका मानिस आफँले भोग नगर्ने तथापी अरूलाई राम्ररी भोग गराउने गर्दछन् । यस्ता मानिसहरू समाजमा विरलै भेटिन्छन् । उहाँहरूमा ठँलो नपागको भावना हुन्छ ।
समाजमा मीठो मसिनो मुल्यवान खाने कुराहरू बढी–बढी अपच हुने गरी खाएर धन सम्पत्ति र यस प्रतिष्ठाको मपाइन्वले ढलेको सिन्को समेत नउठाउने विचरा कुम्भकर्णहरूभन्दा मोटो, सुख्खा, सस्तो खाने कुरा अडकलेर बाडीचुँडी पेटभरी पनि खान नपाउने बहादुर जसले उज्यालो भएदेखि साँझ नपरुन्जेल मेहनत गरी पसिनाले नुहाउँछन् स्वस्थ शरीर छ, लाई भित्र मनैदेखि धन्यवाद दिन मन लाग्छ यस्ता व्यक्तिलाई र प्रकृतिको नियमलाई ।
समाजमा आफ्नो घरकोशुभ कार्यहरूमा खुसियाली मनाउन तछाड मछाडको होडबाजी चलेको छ । यति कार्ड वितरण गरे यति बोटल यो लेवलको रक्सी वियर खुलाए यति थरिका खानाको परिकार खुलाए आदि । यो सोच र यस किसिमको प्रतिस्पर्धाले समाजको भविष्य के होला । मैले छोराको विवाहमा नजिकको नाता पाटा र भाइ साथी जम्मा गरी साधारण तरिकाले विवाह गरे र ठँलो प्रतिस्पर्धाको भोज पछि नगई बदलामा रु. दश लाखको दीनदुखीहरूको लागि भोजन दानको अक्षय कोष स्थापना गरेको छु । जुन अक्षयकोषको बारेमा यसै स्मारिकाको एउटा लेखमा आएको छ ।
८ भ्रमण
सिड्डापुर बैंङ्कक, युरोपका देशहरू, अमेरिका, कपानदा, दुवै सम्पँर्ण ठाउँहरमा श्रीमति ओमी साथ घुमेको छु भने भारत र नेपालका घुम्ने ठाउँहरूमा पनि धेरै साथै घुमेका छौं ।
जीवनमा असल, सफल हुनको लागि मुख्य विषय सकारात्मक प्रयास नै हो । कुनै पनि व्यक्ति बिना प्रयास अघि बढ्नै सक्दैन । मान्छेले नजान्न सक्छ, असफल हुन सक्दछ, अनेक समस्याहरू आउन सक्छन् । समय शरीरले साथ नदिन सक्छ आदि । तै पनि मान्छेले प्रयास नछोडने हो भने असफल हुने संभावना रहन्छ । प्रयास छोडेमा रहेको स्थानमा पनि नरहेर तल झरिन्छ ।
हाम्रो देश प्राकृतिक हिसाबले विश्वमै धनी देशहरूमा पर्दछ । अपवाद बाहेक जनता मेहनती र इमान्दार पनि छन् । उही नेपाली विदेशी भँमिमा १५–१६ घन्टा दिनमा काम गर्न तयार हुन्छ तर उही नेपाली आफ्नो देशमा अल्छीमा पर्छन् कारण के हो खोजीको विषय बनेको छ । शारीरिक रूपमा काम गर्ने युवा पनि विदेश केही मस्तिष्क चलाउने युवा पनि विदश भएपछि जतिसुकै प्राकृतिक रूपले देश धनी भए पनि उपयोग कस्ले गरिदिने । यही प्रक्रिया नरोकिने हो भने मधेशमा केही थारुहरू आफँलाई खानबसन पुग्ने जग्गा भएर पनि आफ्नो जग्गा बाझो राखेर जमिन्दारको हरूवा बसेको व्यवहारसँग ठीक मेल खादैन र । त्यसबारेमा कसकसले सोच्नुपर्ने हो कसकसको जिम्मेवारी हो व्यवहारमा उतार्ने बेला ढिलो भइसकेको होइन र ?
सकारात्मक र निस्वार्थ सोचले गरेको काममा देवी शक्तिको सहयोग पनि मिल्दो रहेछ कि जस्तो लाग्छ किनकी संस्था ६ वर्षमा हिंडिरहँदा संस्थाले र सेवाग्राहीहरूले कुनै सहयोगको अनुरोध लिने दिने बारेमा कुनै विज्ञापन प्रचार प्रसार नगरेर स्वभाविक र साधारण रूपले एक अर्कामा सम्पर्क र सेवा कार्य शुरु हुन गएकोले संस्थाको भविष्य उज्ज्वल देख्दछु । हुने विरुवाको चिल्लो पात भने जस्तै भनँ कि ? शुरुदेखि हालसम्म संस्थाको काम बारे नराम्रो र असहयोग गरेको व्यक्ति भेटेको छैन सबैले आआफ्नो ठाँउ र क्षमता अनुसार सहयोग गर्नु भएको छ । उहाँहरू सबै प्रति संस्था आभारी छ । संस्थाले गरेको काम पैसाले मात्र हुने काम होइन । पैसा नभएर पनि हुने काम होइन । ति बाहेक पनि सहयोगीहरूको सोंच, समय, दिमाग, विश्वास आदि सबैको मिश्रणबाट यो ठाउँमा आइपुगेको छ ।
९. ‘खेमओमी पुन कल्याणकारी प्रतिष्ठान’ ले प्रदान गरेका सामाजिक सेवाहरू
डा.नगेन्द्र श्रीस (बी.डी.एस.विद्यार्थी, यु.सी.एम.एस.भैरहवा): गुल्मी जिल्ला ने.क.पा.एमालेका जि.क.स, समाजसेवी तथा उद्योग व्यवसायी पुरानो गुल्मी अस्लेवा हाल बुटवल उप.म.न.पा.४ निवासी चिन्तामणि पाण्डेमार्फत् सम्पर्कमा आएका नगेन्द्र श्रीसलाई यु.सी.एम.एस.भैरहवामा अध्ययनका ‘खेमओमी पुन कल्याणकारी प्रतिष्ठान’ ले सहयोग गरेको छ । चिन्तामणि पाण्डेसँग ठँलो लुम्पेक धर्मपुर उच्चमावि स्कुलका पँर्वशिक्षक अमर राहडीबाट सहयोगको लागि अनुरोध गरिएको थियो । चिन्तामणि पाण्डे र अमर राहडीको सिफारिस र सल्लाह साथै नगरेन्द्र श्रीसको निवेदनसहित आवश्यक कागजपत्रको आधारमा सेवा सुरुवात गरिएको हो ।
डा.काशिराम विक (एम.बी.बी.एस.विद्यार्थी, लुम्बिनी मेडिकल कलेज पाल्पा): गुल्मी खड्गकोट ९ निवासी कालीगण्डकी गाउँपालिका अध्यक्ष श्री वेदबहादुर थापालाई ‘खेमओमी पुन कल्याणकारी प्रतिष्ठान’ले गर्ने सेवा बारे जानकारी खेम पुनसँगको भेटमा भएको थियो । गुल्मी जिल्ला शिक्षा कार्यालयमा विद्यालय निरीक्षकलाई काशिराम विकले मासिक खर्च जुटाउन समस्या परेको भनेपछि उनको समस्या समाधान अनुरोध लागि गरिएको थियो । तत्कालिन गुल्मी जि.वि.स. जनजाति महासंघको संयोजकको हिसाबले काशिराम विकको समस्याबारे ‘खेमओमी पुन कल्याणकारी प्रतिष्ठान’मा अनुरोध गरेको र काशिरामको समस्या समाधान हाम्रो संस्थाबाट हुन सक्ने सम्भावना वेद थापाबाट जानकारी गराइएकाले वेद थापासँग भएको कुरा काशिरामलाई जानकारी दिई खेमपुनको नाम र मोबाइल नम्बर दिइ तुरुन्त भेटन जान जानकारी दिएको अनि आफँसँग भएको सम्पँर्ण कागज पत्र र निवेदनसहित काशिराम विकले खेम पुनलाई बुटवलमा आइ भेट गरी निवेदन, कागजपत्र र सहयोग लिने व्यक्ति हाम्रो संस्थाले चाहेअनुसार भएकोले सेवा कार्य सुरुवात गरिएको हो ।
डा.विपिन चौधरी (एम.बी.बी.एस विद्यार्थी, पाटन अस्पताल ललितपुर): खेम थापा नाताले भदै पर्नुहुन्छ, उहाँको नर्सिङ कलेज छ । एकदिन म गरिब जेहेन्दार स्टाफ नर्सलाई पढाउनुपर्यो भन्ने सोच आएर उहाँको कलेजमा गएँ । भेटमा उहाँलाई हाम्रो संस्था र हामीले गरेको काम बारे जानकारी गराएँ । जानकारी गराउनासाथ एक जना बच्चामा आफँैसँग स्कुलसँगै पढेको साथीको छोरा अत्यन्तै जेहेन्दार छ तर घरको आर्थिक स्थिति केही पनि छैन हाल पाटन अस्पताल पढ्छ भन्नुभयो । अर्को दिन खेम थापाले विपिनको बुवालाई लिएर आउनुभयो । बुवाको कुरा सुनेर सहयोगको लागि सही व्यक्ति ठहर गर्दै निवेदन र आवश्यक कागज सम्पँर्ण लिई सेवा सुरुवात गरियो ।
डा.जमुना श्रेष्ठ (एम.बी.बी.एस.विद्यार्थी, मणिपाल कलेज पोखरा): बुटवल निवासी बबिता श्रेष्ठ (कस्तुरी इन्टरप्राइजेज) श्रीमती ओमीको नजिकको साथीलाई हामीहरूले गरेको सहयोग कार्यबारे जानकारी गराइयो । जमुना श्रेष्ठ बारे सम्पँर्ण जानकारी दिँदै सहयोग गर्न बविता श्रेष्ठले श्रीमती ओमीलाई मौखिक रूपमा अनुरोध गरिरहनुभएको रहेछ । एकदिन जमुना श्रेष्ठको नातेदार र बबिता श्रेष्ठ जमुना श्रेष्ठलाई सहयोगको लागि घरमा भेट्न आउनुभयो र सहयोगको आवश्यकता बारे सबै जानकारी गराउनुभयो । उहाँहरूलाई सम्बन्धित मान्छेलाई निवेदन र आवश्यक सम्पँर्ण कागज पत्र सहित भेट गर्न जानकारी दिएअनुसार उपलब्ध भएको निवेदन र कागजपत्रको आधारमा सेवा सुरुवात गरियो ।
डा.राजकुमार गुप्ता (एम.बी.बी.एस.विद्यार्थी, नेसनल मेडिकल कलेज, विरगन्ज): शिक्षा कार्यालय तौलिहवामा कार्यरत, विपश्यना ध्यान केन्द्रका सहायक आचार्य राम कोइराला खेमपुनको नजिकको मित्र हुनुहुन्छ । उहाँलाई खेम पुनले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सहयोग गर्ने गरेको जानकारी रहेछ । हाइस्कुलमा उहाँकी छोरीसँग पढेको अहिले छात्रवृतिमा पढ्ने तर उसलाई खान बस्न समस्या भएर छट्पटी रहेको समस्या छोरीले बुबालाई बताइन् । कोइरालाले खेम पुनलाई फोन गरेर विद्यार्थी र घरको आर्थिक स्थितिबारे सम्पँर्ण कुरा बताउनुभयो । सम्बन्धित व्यक्तिलाई निवेदन र आवश्यक सम्पँर्ण कागजसहित भेट गर्न पठाउन भने अनुसार निवेदन र आवश्यक कागजसहित उपस्थित हुने काम भयो । निवेदन, कागजपत्र र व्यक्तिको बोली व्यवहारबाट सहयोग गर्न मनासिव देखिएकोले सहयोग सुरुवात गरियो ।
१०.‘खेमओमी पुन कल्याणकारी प्रतिष्ठान’ का संस्थापक खेमराज पुनको पारिवारिक जीवन र व्यावसायिक जीवनको प्रारम्भ
मिति २०४४।०८।०९ गतेका दिन हामी विवाह बन्धनमा बाँधियो । हामी दुवै भारतीय आर्मीका छोरा र छोरी हौँ । हाम्रो विवाह मेरो साथी दाइ डा.यम बस्नेत र उहाँको परिवार तिलकुमारी बस्नेत (श्रीमती ओमीकी साथी) बीचको सरसल्लाहबाट विवाह हुन गयो । विवाहको समयमा आर्थिक स्थिति सामान्य थियो । हामी विवाहपछि केही वर्ष भाडाको कोठामा बस्यौँ । दुई सन्तान पनि भाडामा बस्दा नै जन्मे, हुर्के । आजसम्मको वैवाहिक जीवन राम्रै चलेको छ । घर परिवारमा भएपछि ससाना कुरामा कहिलेकहिले विवाद हुने र मिल्ने सामान्य हो भन्ने बुझेको छु । श्रीमती पनि बुटवल नगरको एउटा राम्रो सामाजिक अगुवा हुन् जुन उनको व्यक्तिगत अभिलेखमा खुलेको छ, यसमा मलाई खुसी र गर्वको अनुभँति हुन्छ । हाम्रो बीचमा घरमा समय कम दिने र बाहिर समय बढी दिने विषयलाई लिएर घरमा बेलाबेलामा लोकदोहोरी चलिरहन्छ । श्रीमान् श्रीमतीको बीचको लोकदोहरी सन्तानले सुने भने साह्रै असजिलो महसुस गर्ने गरेको मैले पाएको छु । त्यसैले सबैले सकेसम्म श्रीमान्श्रीमती लोकदोहरी नगर्ने र गर्नै परे पनि सन्तानलाई अप्ठ्यारो पर्ने गरी नगर्दा राम्रो होला कि ? भन्ने मेरो बुझाइ रहेको छ ।
मेरो लाहुरे हुने सोचतिर नगएपछि नेपालको जागिरतिर पनि मन गएन । मेरो सोझो दिमाग जागिरमा जति गरे पनि त्यतिनै तलब हो र आफ्नो व्यापारव्यवसायमा बढी मेहनत गरियो भने बढी कमाउन सकिन्छ भन्ने मेरो बुझाइ रह्यो । मैले कुनै न कुनै व्यापार गर्ने विषयमा दृढ अठोट गरें । काठमाडौं बस्दा पँर्वसांसद दाइ झकबहादुर पुनको दक्षिण भारतको के.एन. बाबु भन्ने साथी थियो । उसले धेरै कामहरू गरेर एक समय भारतीय औषधी कम्पनीको बजार प्रतिनिधि (एम.आर) गर्न पुग्यो । ऊ दाइ र म बस्ने कोठामा बरम्बार आइरहने र कुरा भइरहने क्रममा एक दिन बुटवलमा उसको कम्पनीको डिलर बनाउने र पँरै सहयोग गर्ने बताउनुभयो । केही दिनको सोचाइपछि म काम गर्ने निर्णयमा पुगेँ । खेम इन्टरप्राइजेजको नाममा औषधी व्यवस्था विभाग बुटवलमा पसल सञ्चालन गर्ने गरी दर्ता गरियो । भैरहवा गएर कर कार्यालयमा समेत दर्ता गरियो । पसल दर्ता त गरियो, बुटवल बजारमा कोही आफ्नो चिनेको साथीभाइ, इष्टमित्र नभएको, आफँलाई औषधीसम्बन्धी ज्ञान नभएको, आफँसग व्यापार गर्न भनेर त्यतिका पैसा पनि नभएको कुनै व्यापारको अनुभव पनि नभएको आदि व्यापारको अनुकँल वातावरण कुनै पनि नभएको केवल औषधी कम्पनी एम.आर.ले सहयोग गर्छु भनेको मात्र त्यसमा पनि औषधी डिलर बनाउने र औषधी बेच्ने उसको नोकरीको स्वार्थ पनि हो । यस्तो परिस्थिति हुँदाहुँदै पनि मेरो आँट र हिम्मत कहिल्यै विचलित भएन अनि हरेस खाइन । हामी स्कुल पढ्दा भार्से हेल्थपोस्टमा काम गर्न गएको डा.विष्णुलाल प्रधानको बुटवल अमरपथमा औषधी पसल छ भन्ने सुनेको तर चिनाजान थिएन । उहाँले बुटवल परिवार नियोजन संघमा नोकरी र बुटवल अमरपथमा औषधी पसल चलाउनु हुँदो रहेछ । एकदिन उहाँको पसलमा गएर आफ्नो परिचय र योजना बारेमा बताएँ, मेरो कुरा सुनेपछि उहाँको आफ्नो जेठो छोरा आइ.एस.सी परीक्षा दिएर बसेको फुर्सदिलो भएको र छोराले काम गर्ने गरी पार्टनर बन्ने इच्छा राख्नुभयो । मैले पनि बुटवल बजारमा कसैलाई नचिनेको असजिलो महसुस भइरहेको अवस्थामा सहज रूपमा स्वीकारँे । केही वर्षसम्म मेरो माइला दाइ, म र मनोज भाइले मिलेर पसल चलायौं । केही समयपछि माइला दाइ विदेश जानुभयो । म र मनोज भाइले २२ वर्षसम्म पार्टरमा दुकान चलायांै । पछि सरसल्लाहले पार्टनर छुट्टियौं । २०४३ वैशाख महिनादेखि सुरु भएको खेम इन्टरप्राइजेज पसल मैले चलाउने भएँ र भाइ मनोज प्रधानले काठमाडौँ क्षेत्रपाटीमा औषधी थोक पसल ऐश्वर्य मेडिसिन डिष्ट्रिब्युटर्सको नाममा चलाउँदै आउनुभएको छ । हामी दुबैको आआफ्नो ठाउँमा पारिवारिक र व्यावसायिक सम्बन्ध राम्रो छ । हामी दुई बीचको सम्बन्ध २२ वर्ष पार्टनर हुँदा जस्तो थियो आज पनि त्यस्तै छ । हामी दुबैको पारिवारिक र व्यावसायिक सम्बन्ध एवं रितले चलोस् भनी भगवानसँग कामना गर्दछु । मनुष्यको जीवनमा शिक्षा र स्वास्थ्यको ठँलो महŒव छ । आफँले स्वास्थ्यसँग सम्बन्धित पेसा गर्न पुगेकामा व्यावसायको साथसाथै केही सेवा पनि गर्ने अवसर पाएको अनुभँत गरेको छु ।
११. ‘खेमओमी पुन कल्याणकारी प्रतिष्ठान’ का संस्थापक खेमराज पुनको सामजिक व्यक्तित्व
हालसम्मको जीवनमा कुनकुन संघ संस्थामा कुनकुन पदमा बसेर काम गरँे भन्ने कुरा अभिलेखबाट जानकारी हुने भयो । अध्यक्षबाहेक अन्य पदको जिम्मेवारी स्वाभाविक रूपले कम हुने हुनाले सोहीअनुरूप आफँले पाएको जिम्मेवारी आफ्नो क्षमताले भ्याएसम्म निभाउँदै गएँ र जाँदैछु । म अध्यक्ष भएर भँमिका खेलेका संस्थाहरू:
क. ‘खेमओमी पुन कल्याणकारी प्रतिष्ठान’ संस्थापक अध्यक्ष: यो संस्थामा गरेको काम बारे यो स्मारिकाबाट जानकारी हुनेछ
ख. ‘मन गौरी पुन शैक्षिक अक्षय कोष’ संस्थापक अध्यक्ष: यो गुल्मी जिल्ला तत्कालीन भार्से गा.वि.स. हाल सत्यवती गाउँपालिका वार्ड नं.८ मा स्थित भार्से जनसहयोग मा.वि.मा. बुबाआमाको पहिलो नामबाट नामकरण गरी बनाइएको अक्षय कोष हो । यसको मुख्य उद्देश्य पैसाको कारणले स्कुल पढ्न जान नसकेका विद्यार्थीलाई स्कुल पुर्याउने र स्कुल गइसकेर पनि पैसाको कारणले छोड्ने परिस्थिति भएकालाई नछोडेर पढ्ने वातावरण बनाइदिने हो । यस कोषले हालसम्म १०० जना भन्दा बढी विद्यार्थीलाई सेवा दिइसकेको छ । यस कोषको संस्थापक अध्यक्ष म पछि माइला दाजु ऋषिराम पुन हुनुभयो र हाल जेठो दाजु मीनबहादुर पुन अध्यक्ष हुनुहुन्छ । यस कार्यले हामी तीन भाइ बसाइँ सरेर बुटवल उप.म.न.पा.मा आए तापनि वार्षिक रूपमा आफँहरूले १० कक्षासम्म पढेको स्कँल र बच्चादेखि युवा अवस्थासम्म खेलेको हुर्केको गाउँवासीहरूसँग सुमधुर सम्बन्ध कायम राखी रहने महŒवपँर्ण काम गरेको छ । यस अक्षय कोषको सेवा कार्यले स्कुल परिवार, भार्से गाउँवासी साथै हामी तीन भाइको परिवार र ८८ वर्षकी आमा सबैलाई खुसी बनाएको छ ।
ग. ‘नेपाल औषधी व्यवसायी संघ’ लुम्बिनी अञ्चल शाखा पँर्वअध्यक्ष तथा हाल विशेष सल्लाहकार:– माथि लेखिएको दुई संस्थाहरू आफ्नै सोचबाट बनाएका संस्थाहरू भएकाले त्यसमा आफ्नो व्यक्तिगत भँमिकाको धेरै महŒव रहन्छ । यो संस्था नेपालभरिको केन्द्रीय एउटा र १४ अञ्चल शाखा रहने गरी दर्ता भएको संस्था हो । यो संस्था चल्ने चलाउने आफ्नै विधान छ । फेरि पनि आफ्नो अध्यक्ष कार्यकालमा सदस्य संख्या वृद्धि, कोष वृद्धि साथै भैपरि आउने कार्यहरू सन्तोषजनक भएको थियो । आफ्नो जीवनमा गरेको पेसाको संस्थाको एकपटक नेतृत्व र हाल संस्थाले विशेष सल्लाहकारको रूपमा माया गरेर बेलाबेलामा आमन्त्रण गरेकोमा खुसी लाग्दछ ।
घ. ‘नेपाल खामे पुन तराई समिति’ अध्यक्ष:– गुल्मी र बाग्लुङ जिल्लाबाट बसाइँ सरी केही घर नवलपरासी, केही घर कपिलवस्तु र धेरैभन्दा धेरै रूपन्देहीमा बसाइ सरेर आएका खामे पुन परिवारहरूको यो संयुक्त संस्था हो । प्रत्येक वर्ष मङ्सिर १ गते सबै दाजुभाइहरूको भेला हुन्छ र भेलामा वार्षिक रूपमा गर्नुपर्ने कार्य जस्तै छोरा र छोरीको विवाहमा सहयोग रकम, मृत्यु हुँदा सहयोग रकम, कुल पँजा, नयाँ सदस्यता, भैपरि आउने काम आदि बारेमा वर्षभरिलाई निर्णय गर्ने कार्य गरिन्छ ।
हामीहरूको धेरै अघिको पुर्खा नरि पुनले बाग्लुङ गल्कोटमा एउटा बाटो हिंड्ने बटुवाहरू बास बस्नको लागि ठाँटी बनाउनुभएको रहेछ जुन ठाँटी पुरानो भएर जीर्ण भएकोले हाल हामी सबै खामे पुनहरू मिलेर पुरानै ठाउँमा, पुरानै स्वरूप र पुरानै आकारको नयाँ बनाउने कार्य गरेका छौं । नेपाल सरकारले सोही ठाँटीको नामबाट ठाँटी रहेको गाउँलाई नरे ठाँटी गा.वि.स. नामकरण गरेको साथै त्यस गाउँको हेल्थपोस्ट र उच्च मा.वि.को नामसमेत नेपालकै एक नमुना नरे ठाँटी हेल्थ पोस्ट र नरे ठाँटी उच्च मा.वि. नामकरण गरेको छ । जुन कार्यले हामी खामेपुन परिवारलाई गौरान्वित तुल्याएको छ । म अध्यक्ष भएको समयमा एक दिन मेरो दिमागमा त्योबेलाको पुस्ताले त त्यति राम्रो सामाजिक कार्य गरेर राष्ट्रले समेत सम्मान गरेको छ भने यो समयमा पनि हामीले केही न केही सामाजिक कार्य गर्नुपर्छ भन्ने मनमा सोच आयो । सोही सोचलाई दाजु भाइहरूको भेलामा यो विषयलाई पनि एक बनायौं र लामो छलफलपछि रूपन्देही तिलोत्तमा न.पा.४ मगरघाटमा नेपाल खामे पुन परिवारको नामबाट शव दाहगृह बनाउने निर्णयमा पुगियो । मगरघाट सञ्चालक समितिमा निवेदन र सो समितिले बनाउने अनुमति दिएअनुसार उहाँहरूले तोकेको स्थान र नक्सा अनुसार शव दाहगृह बनाउने काम गरियो । आजकल कसैको मृत्युमा त्यस ठाउँमा मलामी भएर जाँदा नेपाल खामे पुन परिवारबाट निर्मित भनेर लेखेको शव दाहगृह देख्दा आफ्नो सोच र खामे पुनको सामाजिक कार्य सम्झेर मन आनन्दित हुन्छ । हाल हामी खामेपुन तराई समितिमा ८८ घर कुरिया सदस्य छौँ ।
१२. ज्येष्ठ नागरिक मिलन केन्द्रको योजना
ज्येष्ठ नागरिक मिलन केन्द्रको १०० जना संस्थापक सदस्य बनाउने योजना छ । संस्थापक सदस्य हुनको लागि कम्तीमा रु.११११११। (एक लाख एघार हजार एक सय एघार रुपियाँ) रसिद लिनुपर्नेछ । योजनामा बन्न बाँकी रहेका संरचनाहरू बनिसकेपछि ज्येष्ठ नागरिक मिलन केन्द्र विधिवत् सुरुवात हुनेछ । छोरा बुहारीहरू काम व्यावसायमा घरबाहिर जाने, नातिनातिनाहरू स्कुल जाने हुँदा दिउँसो घरमा बँढाबँढीहरू एक्लो जीवन नरमाइलो हुने साथै २४सै घण्टा एकै ठाउँमा बस्न पनि पट्यार लागेर असजिलो महसुस हुने समस्याको समाधानका लागि यो योजना ल्याइएको हो । नेपाल सरकारको विदाको दिन मिलन केन्द्र बन्द गर्ने सोचाइ छ । किनकि विदाको दिन घरमा एक्लो हुनुपर्दैन । निर्माण कार्य समाप्त भइसकेपछि सञ्चालन विधि तयार गरिनेछ । हालको सम्भावित योजना घरमा खाना खाइसकेपछि ११ बजेदेखि गाडीमा उठाउन सुरु गरी १२ बजेसम्म केन्द्रमा जम्मा गरी सक्ने । केन्द्रमा पुगिसकेपछि विभिन्न कार्यक्रमहरू जस्तै भजनकृतन, सत्संग, धार्मिक प्रवचन, स्वास्थ्य उपचार, स्व.अध्ययन, विभिन्न ज्ञानका ज्ञाताहरूबाट प्रवचन, स्वास्थ्यसम्बन्धी प्रवचन, योगा आदि ज्येष्ठ नागरिकहरूलाई उहाँहरूको आवश्यकता र इच्छाअनुसार कार्यक्रम गरिनेछन् । कार्यक्रमको विषयसँची ज्येष्ठ नागरिकहरू र मिलन केन्द्रका सञ्चालकहरूको बीच संयुक्त अन्तरक्रियाबाट निर्धारित गरिनेछ । कार्यक्रमको समय तालिकाअनुसार शाकाहारी नास्ता गराइनेछ । ४ बजेदेखि घरमा फिर्ता कार्यक्रम सुरु हुनेछ । उल्लिखित सेवा उपलब्ध गराउनको लागि कुनै शुल्क नलिई समाजसेवी, उद्योगी व्यावसायी र दानवीरहरूबाट आर्थिक सङ्कलन गर्ने योजना रहेको छ । स्थानीय सरकारहरू तिलोत्तमा न.पा. र बुटवल उप.म.न.पा.सँग समन्वय र सहकार्य गरी अघि बढ्ने योजना रहेको छ । हामीले उल्लिखित कार्यहरूबाट ज्येष्ठ नागरिकहरूको स्वास्थ्यमा स्वस्थता र दीघार्यु जीवनमा सहयोग पुग्ने आशा लिएका छौं ।
